टीकापुर घटनाका अभियुक्तको मुद्दा फिर्ता गर्ने सरकारी निर्णय विरुद्ध सर्वोच्चमा रिट
टीकापुर घटनाका अभियुक्तहरुको मुद्दा सरकारले फिर्ता लिने तयारी गरेको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता कपिलदेव ढकाल, द्वारिकानाथ ढुंगेल र जगदीशचन्द्र बरालले सरकारको निर्णय विरुद्ध रिट दायर गरेका हुन् ।
रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ ।
सर्वोच्चले यस मुद्दामा सुनुवाईका लागि भोलि, ८ जेठमा पेशी तोकेको छ ।
४ जेठमा बसेको मन्त्रिपरिषद बैठकले 'थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरी त्यसमा संलग्नहरु विरुद्ध लागेका मुद्दा फिर्ता लिने' निर्णय गरेको थियो ।