वृज सिमेन्टको ब्राण्ड एम्बेसडरमा खेलाडीदेखि मिस नेपालसम्म
वृज सिमेन्टले ब्राण्ड एम्बेसडरमा खेलाडीदेखि मिस नेपालसम्मलाई अनुबन्ध गरेको छ ।
वृज सुपर प्रिमियम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरमा फुटबल खेलाडी नवयुग श्रेष्ठ, क्रिकेट खेलाडी शरद भेषवाकर , म्यागासेसे पुरस्कार विजेता महावीर पुन तथा सन् २०१६ को मिस नेपाल अस्मी श्रेष्ठलाई अनुबन्ध गरेको हो ।
वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी) र साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपिसी) सिमेन्ट उत्पादन गरी गर्दैै आइरहेको छ ।
उद्योगले ओपिसी सिमेन्ट अन्तर्गत वृज सुपर प्रिमियम र शङ्कर शक्ति तथा पीपीसी सिमेन्ट अन्तर्गत वृज, जम्वो, लक्ष्मी, वृज गोल्ड, वृज सुपरकिंग्स र स्र्माट सिमेन्ट गरिरहेको छ । वृज सिमेन्टको सबै उत्पादन ५० केजीको प्याकमा वितरण गरिने कम्पनीले जनाएको छ । देशभर डिलरको सञ्जाल रहेको उद्योगले १५ वर्षदेखि सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ ।