काठमाडौंमा एमाले ६००५ मतले अगाडि, रञ्जुको ७७८६
काठमाडौं महानगरको जारी मतगणनामा एमालेबाट मेयरका उमेदवार विद्यासुन्दर शाक्यले मतअन्तर फराकिलो बनाउँदै अग्रता कायमै राखेका छन् । उनी ६००५ मतले अगाडि छन् ।
जारी मतगणनाको हालसम्मकोे परिणाम अनुसार एमालेका शाक्यले १९,५९२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले १३,५८७ मत प्राप्त गरेका छन् ।
विवेकशील नेपाली पार्टीकी रञ्जु न्यौपानेले ७,७८६ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ५,८१२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले १७,६६४, राप्रपाका राजाराम श्रेष्ठले ११,२२२ साझा पार्टीकी निरुपमा यादवले ३,६७५ मत प्राप्त गरेका छन् ।