सुर्खेतको वीरेन्द्रनगरमा मेयरमा कांग्रेस, उप–मेयरमा एमाले
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
आज, ६ जेठमा सम्पन्न मत गणनामा कांग्रेसका देवकुमार सुवेदी १४ हजार ४०५ मत प्राप्त गरी नगरपालिका प्रमुखमा निर्वाचित भ एभने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालाराम शर्माले १३ हजार ८९९ मत प्राप्त गरे ।
उपमेयरमा एमालेकी मोहनमाया ढकालले १६ हजार ६८ मत प्राप्त गरी निर्वाचित भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मत प्राप्त गरिन् ।
मेयरमा निर्वाचित सुवेदी कांग्रेसका नगर सभापति हुन् भने उपमेयर ढकाल अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष हुन् ।
विरेन्द्र नगरमा २०४९ सालको स्थानीय निर्वाचनमा एमालेका यमलाल कंडेल र २०५४ मा एमालेकै बालाराम शर्मा निर्वाचित भएका थिए ।
यसपटक एमालेले प्रमुख पद जोगाउन नसकेपनि बहुमत हासिल गरेको छ । १६ वडा रहेको वीरेन्द्रनगरमा एमालेले ९ वडा, कांग्रेसले ६ र माओवादी केन्द्रले एक वडामा विजय हासिल गरे ।
निर्वाचित घोषण भइसकेपछि नवनिर्वाचित मेयर सुवेदीले नगरपालिकाको थपिएको अधिकारको व्यवहारिक र व्यवस्थित कार्यान्वयन, नगरको दीर्घकालिन विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।
उपमेयरमा निर्वाचित मोहनमाया ढकालले जनतामाझ गरेका प्रतिवद्धता, संविधान ऐन कानुनले तोकेका जिम्मेवारी कुशलतापूर्वक वहन गर्ने बताइन् ।
सुर्खेतका ९ स्थानीय तहमध्ये कांगे्रसले ६ मा प्रमुख, ५ मा उपप्रमुख र, एमालेले ३ तहमा प्रमुख र एकमा उपप्रमुख जितेको छ ।
कांगे्रसले वीरेन्द्रनगरमा प्रमुख, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी नगरपालिका, बराहताल र चिंगाड गाउ“पालिकामा प्रमुख/उपप्रमुख जितेको छ । एमालेले लेकवेशी नगरपालिका, सिम्ता र चौकुने गाउपालिकामा प्रमुख/उपप्रमुख तथा वीरेन्द्रनगरमा उपप्रमुख जितेको छ ।
लक्ष्मी भण्डारी, सुर्खेत