पोखरामा मतअन्तर फराकिलो बनाउँदै एमाले
पोखरा महानगरपालिकाको मेयरका लागि एमाले उम्मेदवार मानबहादुर जिसीले नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई १ हजार ९०८ मतले उछिनेका छन् ।
जिसीले हालसम्म २०,८०३ मत ल्याएका छन् भने कुँवरले १८,८९५ मत प्राप्त गरेका छन् ।
यस्तै, उपमेयरमा एमालेका मञ्जुदेवी गुरुङले १९,५७० मत प्राप्त गरेकी छन् भने कांग्रेसका उम्मेदवार सरस्वती गुरुङले १७,९३३ मत प्राप्त गरेकी छन् ।
३३ वटा वडा रहेको पोखरामा हालसम्म वडा नं. १ देखि १३ सम्मको मत गणना सकिएको छ भने वडा नं. १४, १६, १७, १८ र १९ को मत गणना भइरहेको छ ।
हालसम्म झण्डै ४५ हजार मत गणना भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
वडा र विजयी अध्यक्ष उम्मेदवार
१, शारदा पराजुली एमाले
२, रामेश्वर मल्ल काँग्रेस
३, रविन्द्रबहादुर प्रजु काँग्रेस
४, शंकरप्रसाद बास्तोला
५, धनबहादुर नेपाली एमाले
६, जगत पहारी काँग्रेस
७, रामचन्द्र बराल एमाले
८, रुद्रनाथ बराल एमाले
९, रामराज लामिछाने काँग्रेस
१०, राजकुमार गुरुङ काँग्रेस
११, मोहन बास्तोला काँग्रेस
१२, रामजी कार्की काँग्रेस
१३, लेखबहादुर तामाङ (दर्शन लामा) एमाले
१५, प्रकाश पौडेल एमाले
युवराज श्रेष्ठ, पोखरा