मतदाता शिक्षा कार्यक्रम पुनः शुरु
प्रदेश नं ७ का नौवटै जिल्लामा ५ जेठदेखि मतदाता शिक्षा कार्यक्रम पुनः शुरु भएको छ ।
निर्वाचन मिति सारिएसँगै स्थगित भएको मतदाता शिक्षा कार्यक्रम दोस्रो चरणको ३१ जेठमा हुनगइरहेको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम पुनः शुरु गरिएको हो ।
प्रदेश नं ७ मा मतदाता शिक्षा कार्यक्रमका साथै निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण, तालिमलगायतका कार्यक्रम समेत शुरु भएको छ ।
प्रदेश नं ७ का नौ वटा जिल्लामा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकासहित ८८ वटा स्थानीय तह रहेका छन् ।
नौ जिल्लामा १ हजार ७८० मतदान केन्द्र रहेका छन् भने १३ लाख तीन हजार ७१४ मतदाता रहेका छन् । रासस