भरतपुरमा एमाले उमेदवार २९४ मतले अगाडि
भरतपुर महानगरपालिकामा जारी मतगणनाको हालसम्मको परिणाम अनुसार मेयरमा एमाले उमेदवार देवी ज्ञवालीले १५,३४७ मत प्राप्त गरेका छन् भने माओवादी उमेदवार रेणु दाहालले १५,०५३ मत प्राप्त गरेकी छन् । त्यसैगरी राप्रपाका बद्री तिमिल्सिनाले १,१९७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसकी पार्वती शाह ठकुरीले १७,३३० मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले १३,२९२ र राप्रपाकी रीना गुरुङले १,३३४ मत प्राप्त गरेका छन् ।
वडा नं. ९ को मतगणना पारदर्शी नभएको भन्दै माओवादी र कांग्रेसले विरोध गरेपछि हिजो बेलुकाबाट स्थगित भएको भरतपुरको मतगणना आज विहान बसेको सर्वदलीय बैठकमा १० बुँदे सहमतिपछि विहानबाट पुनः शुरु भएको छ ।