सल्यानको शारदा नगरपालिकामा कांग्रेस निर्वाचित
सल्यानको शारदा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेश अधिकारी ४ हजार २ सय १४ मत ल्याए निर्वाचित भएका छन् ।
अधिकारीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामकुमार खड्कीले ३ हजार ३ सय ४२ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसकै सावित्री बस्नेत ४ हजार १ सय ८० मतका साथ निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सरिता हमालले ४ हजार ३७ मत ल्याएकी छन् ।
योसँगै सल्यानको सम्पूर्ण तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । १० स्थानीय तह रहेको सल्यानमा एमाले ४ स्थानीय तहमा निर्वाचित भएको छ भने ३/३ तहमा नेपाली कांग्रेस र माओवादी केन्द्र निर्वाचित भएका छन् ।