सप्तरीः इलाका प्रशासन कार्यालय अगाडि बिष्फोट
सप्तरीको बोदेबर्साइन नगरपालिकामा इलाका प्रशान कार्यालय अगाडि बम बिष्फोट भएको छ ।
हिजो ५ जेठ राति १२ बजे भएको बिष्फोटमा प्रशासन कार्यालयको झ्यालको सिसा फुटे पनि ठूलो क्षति भने भएको छैन ।
विष्फोटको जिम्मेबारी जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।
भारतमा बसेर नेपालमा आपराधिक घटाउना गराउँदै आएको गोइतले यसअघि जिल्ला प्रशासन कार्यालय राजविराजमा समेत बिष्फोट गराउने प्रयास गरेका थिए ।
श्रवणकुमार देव, राजविराज