काठमाडौंबाट जनकपुर जाँदै गरेको बस बारामा दुर्घटना
बाराको आधाबारमा आज विहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
निजगढ–हेटौंडा सड्कखण्ड अन्तर्गत जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित राजश्व कार्यालयको चेक प्वाईन्ट नजिक यात्रुबाहक बस दुर्घटना हुँदा धनुषाको रामपट्टी सिरिसिया बस्ने ३२ वर्षीय किरण साह र महोत्तरीको रतौली–६ का ४५ वर्षीय बल्ला यादवको मृत्यु भएको छ ।
त्यसैगरी महोत्तरीको मटियाही–८ का ५० वर्षीय मन्सु साह, धनुषाको कवडहल–१० का १८ वर्षीय ईदम मोहम्मद, बाल्मिकी–८ का ४० वर्षीय रोहित यादव, वडा नं. ३ का ४८ वर्षीय रामपुकार अधिकारी र दुअबी–२ का २६ वर्षीय जमुन पण्डित गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइतेहरुको वीरगञ्जस्थित हेल्थ केयर सेन्टरमा र सामान्य घाईतेहरुको सिमरा हस्पिटलमा उपचार भईरहेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।
काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना.७.ख.१६४१ नम्बरको यात्रु बाहक बस तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।
श्याम गुप्ता, बारा