पूर्व सभासद प्रजापति भारी मतले मेयरमा निर्वाचित
भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मत अन्तरले विजयी भएका छन् । ५ जेठ राति सार्वजनिक भएको मत परिणामानुसार २५ हजार ५६८ मत प्राप्त गर्दै प्रजापति नगर प्रमुखमा अत्याधिक बहुमतले निर्वाचित भएका हुन ।
पूर्व सभासद् प्रजापतिका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद कासुलाले छ हजार ५३२ र एमालेका विष्णु सुवालले चार हजार २१० मत प्राप्त गरे ।
त्यसैगरी उपप्रमुखतर्फ नेमकिपाकै रजनी जोशीले २५ हजार ६५८ मत प्राप्त गरेर निर्वाचित भईन् । उनी ख्पव इन्जिनियरिङ कलेजको उपप्राचार्यबाट राजीनामा दिएर चुनावी मैदानमा आएकी हुन ।
जोशीका निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी गङ्गालक्ष्मी अवालले छ हजार ५६० र एमालेकी कृष्णमाया त्वायनावासुले छ हजार ५८७ मत प्राप्त गरिन ।
नगरपालिकामा १० वटै वडामा नेमकिपाले विजय हासिल गरेको छ । कुल ५२ हजार ९३० मतदाता रहेको नगरपालिकामा ४४ हजार १८६ मत खसेको थियो । रासस