पोखराः जीसी– १४७४६, कुँवर– १४१९६
पोखरा महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा एमालेबाट उमेदवार मानबहादुर जीसी कांग्रेस उमेदवार रामजी कुँवरभन्दा ५५६ मतले अगाडि छन् ।
जीसीले हालसम्म १४,७४६ मत प्राप्त गरेका छन् भने कुँवरले १४,१९६ ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले १३,७७१ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी सरस्वती गुरुङले १३,१८४ मत प्राप्त गरेकी छन् । त्यसैगरी माओवादी केन्द्रकी गोमा ढकालको २,१९१ मत छ ।