सुर्खेतको भेरीगंगामा कांग्रेस निर्वाचित
सुर्खेतको भेरीगंगा नगरपालिकाको अध्यक्ष र उपाध्यक्ष्मा नेपाली कांगे्रस उमेदवार निर्वाचित भएका छन् ।
नगर प्रमुखमा कांगे्रसका भुपेन्द्रबहादुर चन्दले ७ हजार ५४३ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञ ढकालले ७ हजार ३४८ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि कांगे्रसकै रेणु आचार्य ७ हजार ५७५ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी चन्द्रा आचार्यले ७ हजार २९७ मत प्राप्त गरिन् ।
१३ वडा रहेको भेरीगंगामा कांगे्रसले ८, एमालेले ४ र माओवादी केन्द्रले एक वडामा जितेका छन् ।
९ तह रहेको सुर्खेतमा वीरेन्द्रनगरबाहेक सबै गाउँ÷नगरको मत परिणाम घोषणा भैसकेको छ ।
कांगे्रसले तीन नगर र दुई गाउ“पालिका तथा एमालेले एक नगरपालिका र दुई गाउ“पालिकामा विजय हासिल गरेका छन् ।
वीरेन्द्रनगरमा मेयरमा कांग्रेस र उपमेयर एमालेले अग्रता लिएका छन् ।
लक्ष्मी भण्डारी, सुर्खेत