भरतपुर महानगरमा फेरि एमाले अगाडि
भरतपुर महानगरपालिकाको जारी मतगणना अनुसार मेयरका लागि एमाले उमेदवार देवी ज्ञवालीले फेरि अग्रता लिएका छन् ।
९ वटा वडाको मतगणना सम्पन्न हुँदासम्म ज्ञवालीले १५,१५५ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी उमेदवार रेणु दाहालले १४८०९ मत प्राप्त गरेकी छन् । राप्रपाका बद्री तिमिल्सिनाले १,१४१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी उमेदवार पार्वती शाह ठकुरीले १७,०५१ मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य आचार्यले १३,१३४ मत प्राप्त गरेकी छन् । राप्रपाकी रीना गुरुङले १,२४६ मत प्राप्त गरेकी छन् ।
९ नम्बर वडाध्यक्षमा एमालेका यमलाल कंडेल १,५३५ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनक निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उमेदवारले १,१२२ मत प्राप्त गरे ।