भरतपुर महानगरमा रेणु दाहाल १४४ मतले अगाडि
भरतपुर महनागरपालिकाको जारी मतगणनामा माओवादी केन्द्रबाट मेयरकी उमेदवार रेणु दाहा १४४ मतले अगाडि भएकी छन् ।
दाहालले १४,१८८ मत प्राप्त गरेकी छन् भने एमाले उमेदवार देवी ज्ञवालीले १४,०४४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी जारी मतगणनामा अहिलेसम्म उपमेयरका लागि नेपाली कांग्रेसकी उमेदवार पार्वती शाह ठकुरीले १३,६८० मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यको १०,५३० मत छ ।