ललितपुरमा कांग्रेसको अग्रता कायमै, शोभा शाक्यको ५,३११
ललितपुर महानगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसबाट मेयरका उमेदवार चिरीबाबु महर्जनले १४,०४१ मत प्राप्त गरेका छन् ।
उनी अहिलेसम्म एमाले उमेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा ८२५ मतले अगाडि छन् । व्यञ्जनकारले १३,२१६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी साझा पार्टीका रमेश महर्जनले ५,२१५ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका दिनेश महर्जनले १,८३६ मत पाएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी गीता सत्याल ७,४५६ मत प्राप्त गरी अग्रस्थानमा छन्, उनलाई साझा पार्टीकी शोभा शाक्यले ५,३११ मतसहित पछ्याइरहेकी छन् ।
त्यसैगरी राप्रपाका बाबुकाजी थापाले ३,४०८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी हसिना शाक्यले २,९६८ मत प्राप्त गरेकी छन् ।