काठमाडौंमा एमाले अगाडि, रञ्जुको ४,२२३
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा एमालेबाट मेयरका उमेदवार विद्यासुन्दर शाक्य ११,०८२ मत प्राप्त गरी सबैभन्दा अगाडि छन् ।
नेपाली कांग्रेसका राजुराज जोशीले ७, ४९८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी तेस्रोमा विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले ४,२२३ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ३,४९८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीले ९,८७९ मत प्राप्त गरेकी छन् भने राप्रपाका राजाराम श्रेष्ठले ४,९४८ मत प्राप्त गरेका छन् । त्यसैगरी साझा पार्टीकी उमेदवार निरुपमा यादवले २,०७६ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी सुशीला पौडेलले १,६३५ मत प्राप्त गरेकी छन् ।