पनौती नगरपालिकामा एमाले विजयी
काभ्रेको पनौती नगरपालिकमा नेकपा एमालेका भीम न्यौपाने १२ हजार २५६ मत ल्याई विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विदुर बञ्जाराले ९ हजार १९० मत ल्याएका छन् ।
त्यस्तै, उपप्रमुखमा एमालेकी गीता बञ्जाराले १२ हजार ९९ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अन्जु रञ्जितले ९ हजार १२८ मत प्राप्त गरेकी छन् । रासस