काभ्रेको पाँचखाल नगरपालिकामा कांग्रेस विजयी
काभ्रेको पाँचखाल नगरपालिकामा नेपाली कांग्रेसका महेश खरेलले ७ हजार ३५६ मत प्राप्त गरी विजयी भएका छन् ।
खरेलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र बाँनीयाले ६ हजार ८०० मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपप्रमुखमा कांग्रेसकी लक्ष्मी दनुवारले ७ हजार २६ मत ल्याइ विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी भक्तकुमारी लामाले ६ हजार ६०० मत ल्याएकी छन् ।