दोलखा भीमेश्वर नगरपालिकामा एमाले विजयी
दोलखाको भीमेश्वर नगरपालिकामा मेयर र उपमेयरसहित ७ वटा वडामा एमाले उमेदवार निर्वाचित भएका छन् ।
भीमेश्वर नगरपालिकाको मेयरमा नेकपा एमालेका भरत केसीले ६,८५३ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ईश्वर मानन्धरले ५,८१५ मत प्राप्त गरे ।
उपप्रमुखमा नेकपा एमालेका कमला वस्नेतले ७,०१७ मत प्राप्त गरी निर्वाचित भइन् भने भने माओवादी केन्द्रकी कमला कार्कीले २,८७९ मत प्राप्त गरिन् ।
वडा अध्यक्षहरुमा नेकपा एमालेको तर्फबाट वडा नम्बर १ मा वीरबहादुर थामी, वडा नम्बर ४ मा हरिवंश चौलागार्इँ, वडा नम्बर ५ मा रामचन्द्र वस्नेत, वडा नम्बर ६ मा नविन लामा, वडा नम्बर ७ मा कैलाश श्रेष्ठ, वडा नम्बर ८ मा नकुल केसी र वडा नम्बर ९ मा चित्रबहादुर भुजेल निर्वाचित भएका छन् ।
भीमेश्वर नगरपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसका विराज श्रेष्ठ र वडा नम्बर ३ मा हरिशरण शिवाकोटी विजयी भएका छन् ।
दोलखाको दुई नगरपालिका र ६ गाँउपालिकाको मतगणना सकिदा एमालेले दुई नगरपालिका र चार गाँउपालिकामा जित हात पारेको छ । एमालेको तर्फबाट दोलखाको जिरी नगरपालिका नगरप्रमुखमा टंक जिरेल र उपप्रमुखमा कृष्णकुमारी बुढाथोकी निर्वाचित भएका छन् ।
त्यसैगरी तामाकोसी गाँउपालिकामा प्रमुखमा एमालेको इश्वरचन्द्र पोखरेल र उपप्रमुखमा उर्मिला खड्का केसी, शैलुङ गाँउपालिकामा प्रमुखमा भरत दुलाल र उपप्रमुखमा लालमाया योञ्जन, कालिञ्चोक गाँउपालिकामा प्रमुखमा विनकुमार थामी र उपप्रमुखमा कालिका पाठक तथा गौरीशङ्कर गाँउपालिकामा प्रमुखमा स्वयम बहादुर खड्का र उपप्रमुखमा उर्मिला थामी निर्वाचित भएका छन् ।
दोलखाको बैतेश्वर गाँउपालिकामा प्रमुखमा नेपाली कांग्रेसका छवि लामा र उपप्रमुखमा माओवादी केन्द्रका रविचन्द्र आचार्य तथा विगु गाँउपालिकामा नेपाली कांग्रेसका युधिष्ठीर खड्का र उपप्रमुखमा माओवादी केन्द्रका सन्जीव ओली निर्वाचित भएका छन् ।
जिल्लाको ७४ वटा वडामा अहिलेसम्म नेकपा एमालेले ३९ वटा, नेपाली कांग्रेसले १८ वटा र माओवादी केन्द्रले १० वटा वडामा जित हासील गरेको छ ।
दोलखाको मेलुङ गाँउपालिकामा भने वडा नम्बर १ पवटीमा मतदानको दिन नेपाली कांग्रेसका कार्यकर्ताले बुथ तोडफोड गरेकोले जेठ ७ गते पुनः मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
सर्मिला बुढाथोकी, दोलखा