थप समाचारशुक्रवार, जेठ ५, २०७४

कांग्रेसका पोखरा सभापतिद्वारा राजीनामा

हिमालखबर

पोखरा लेखनाथ महानगरपालिकामा स्थानीय तह निर्वाचन परिणाम ‘निराशाजनक’ आइरहेको भन्दै   पोखरा लेखनाथ महानगर सभापति बजिरमान श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

उनले पोखरा महानगरपालिकामा आइरहेको परिणामका प्रति आफ्नो जिम्मेवारी महशुस गरेर राजीनामा दिएको बताएका छन् ।

कास्कीमा ‘अप्रत्याशित’ परिणामका लागि कांग्रेसको नेतृत्व तहको व्यक्तिवादी सोच, गैर जिम्मेवारीपन र संकिर्णतालाई मुख्य जिम्मेवार ठहर गर्दै श्रेष्ठले राजीनामा पत्रमा कास्कीको निराशाजनक परिणामका निम्ति अधिकांश केन्द्रीय सदस्य, सांसदहरु, जिल्ला समिति लगायतका प्रतिनिधिहरु आफ्नो जिम्मेवारीमा संवेदनशील हुन नसकेको पनि उल्लेख गरेका छन् ।

उनले कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनलाई सुदृढ पार्न आफ्नो क्रियाशिलतमा कुनै कमी आउन नदिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस