स्याङ्जाको वालिङ नगरपालिकामा कांग्रेस विजयी
स्याङ्जाको वालिङ नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
वालिङ नगरपालिकाको प्रमुखमा कांग्रेसका दिलीपप्रताप खाँण १० हजार ६०० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पुन्यप्रसाद अर्यालले ८ हजार ७४९ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा कांग्रेसकै कल्पना तिवारी ९ हजार ८९५ मत ल्याई विजयी भइन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी खगिसरा थापाले ९ हजार ३५७ मत पाएकी छन् ।