समाचारशुक्रवार, जेठ ५, २०७४

हालसम्म ५,९६० प्रतिनिधि चुनिए

हिमालखबर

३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट ५ हजार ९६० प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आज विहान, १० बजेसम्ममा १६१ स्थानीय तहको मतगणना कार्य समाप्त भई उम्मेदवारहरूको विवरण प्राप्त भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो विवरणअनुसार, नगरप्रमुख वा अध्यक्ष १६१, उपाध्यक्ष÷उपप्रमुख १६१, वडाध्यक्ष १ हजार ३२२, वडा सदस्य २ हजार १९२, महिला सदस्य १ हजार ९५ र दलित महिला सदस्य १ हजार ३० निर्वाचित भइसकेका छन् ।

यसैगरी, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको हुम्ला माविको राया मतदान केन्द्रमा आज मतदान कार्य शान्तिपूर्णरुपमा भइरहेको छ । त्यहाँ उम्मेदवारको निधनका कारण बैशाख ३१ को निर्वाचन स्थगित भएको थियो ।

 

प्रतिकृया दिनुहोस