काठमाडौँ–२ मा एमालेका श्रेष्ठको प्यानल विजयी
काठमाडौँ महानगरपालिकाको वडा नं २ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल निर्वाचित भएको छ ।
श्रेष्ठले १ हजार ८४० मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रमोदराज शर्माले ६८४ मत प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा पूर्णलक्ष्मी रजक, महिला दलित सदस्यमा ईश्वरी परियार, खुला सदस्यमा पदमकाजी महर्जन र विमल गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।
महानगरपालिकाको जारी मतगणनामा एमालेबाट मेयरका उमेदवार विद्यासुन्दर शाक्यले १०,२४५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ६, ६५६ मत प्राप्त गरेका छन् ।
विवेकशील नेपालीकी रञ्जु दर्शना ३,९३८ मत सहित तेस्रो स्थानमा छन् भने साझा पार्टीका किशोर थापाले ३,३३९ मत प्राप्त गरेका छन् । माओवादीका सर्वोत्तम डंगोलको १,०९४ मत छ ।
यसैगरी उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीले ८ हजार ९२२, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ५ हजार ५१० मत प्राप्त गरेका छन् ।