बनेपामा एमाले, पाँचखालमा कांग्रेस
काभ्रे जिल्लाको बनेपा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् भने पाँचखाल नगरपालिकामा दुवै प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
बनेपा नगरपालिका प्रमुखमा एमालेका लक्ष्मी नरसिंह बादेले ११ हजार ४०९ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रामराज जोशीले ९ हजार ६५९ मत प्राप्त गरे ।
त्यसैगरी, नगर उपप्रमुखमा एमालेकै रेखा सापकोटा दाहालले ११ हजार २ मत प्राप्त गरी निर्वाचित भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्मला श्रेष्ठले ९ हजार ९६० मत प्राप्त गरे ।
पाँचखालमा कांग्रेस
काभ्रेको पाँचखाल नगरपालिकामा नेपाली कांग्रेसबाट नगर प्रमुख पदमा महेश खरेलले ७ हजार ३५६ मत ल्याई निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्रबहादुर बानियाँले ६ हजार ८०० मत प्राप्त गरे ।
उपप्रमुखमा पनि कांग्रेसकै लक्ष्मी दनुवारले ७ हजार २६ मत प्राप्त गरी निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेबाट भक्तकुमारी लामाले ६ हजार ६२२ मत प्राप्त गरिन् ।