भरतपुर महानगरमा एमाले उमेदवार ५२९ मतले अगाडि
भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयर पदका लागि एमालेबाट उमेदवार देवी ज्ञवालीले हालसम्म १२,३०६ मत प्राप्त गरेका छन् । अहिले उनी माओवादी उमेदवार रेणु दाहालभन्दा ५२९ मतले अगाडि छन् । दाहालले हालसम्म ११,७७७ मत प्राप्त गरेकी छन् ।
उपमेयरका लागि नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले १३,६८० मत प्राप्त गरेकी छन् भने एमालेकी दिव्य शर्मा आचार्यले १०,५२० मत प्राप्त गरेकी छन् ।
हालसम्म ७ नम्बर वडासम्मको मतगणना सम्पन्न भइसकेको छ । ७ नम्बर वडामा एमालेका उमेदवार १,४९४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।