रुकुमका छ वटै स्थानीय तहमा माओवादी केन्द्र विजयी
प्रदेश नं ६ अन्तर्गत रहेको पश्चिम रुकुमको ६ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
मुसीकोट, चौरजहारी र आठबिसकोट गरी तीन नगरपालिकामा प्रमुख तथा उपप्रमुख र बाँफीकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका हुन् ।
मुसिकोट नगरपालिका प्रमुखमा देवीलाल गौतम, आठबिसकोटमा गोरखबहादुर केसी र चौरहजारी नगरपालिका प्रमुखमा विशाल शर्मा विजयी भएका छन् ।
यसैगरी त्रिवेणी गाउँपालिका अध्यक्षमा झक्कुप्रसाद घर्ती, सानीभेरी गाउँपालिकामा नरबहादुर पुन र बाँफिकोट गाउँपालिका अध्यक्षमा धर्मबहादुर केसी निर्वाचित भएका छन् ।
निर्वाचन भएका ७३ वडामध्ये माओवादी केन्द्रले ५८ वडामा जितेको छ भने नेपाली कांग्रेस १३ र एमाले दुई वडामा निर्वाचित भएको छ ।