तनहुँको व्यास नगरपालिकामा कांग्रेस विजयी
तनहुँको व्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बैकुण्ठ न्यौपाने विजयी भएका छन् ।
न्यौपानेले १३ हजार ५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शङ्करनारायण श्रेष्ठले ९ हजार ५९२ मत पाएका छन् ।
उपप्रमुखमा कांग्रेसकै मीरा जोशी १३ हजार २६० मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अतिन्द्रकेशरी न्यौपानेले तीन हजार ४७७ मत पाएका छन् ।