सुर्खेतको गुर्भाकोट नगरपालिकामा कांग्रेस उमेदवार निर्वाचित
सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ११ वटा वडामा कांग्रेसले जीत हात पारेको छ ।
नगरप्रमुखमा नेपाली कांग्रेसका उमेदवार हस्तबहादुर पुन १० हजार ६३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका देवबहादुर खत्रीले ७ हजार १२३ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि नेपाली कांग्रेसकै मैना विकले ९ हजार ९७४ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनकी प्रमुख प्रतिस्पर्धी सुशीला विकले ७ हजार १६६ मत प्राप्त गरेकी छन् ।
नगरपालिका का १४ वटा वडामध्ये १, ४ र ९ मा नेकपा एमालेको अध्यक्षसहित सम्पूर्ण प्यानल विजयी भएको छ भने बाँकी वडाहरु २ ,३, ५, ६, ७, ८, १०, ११, १२, १३ र १४ वडा गरी ११ वटा वडाहरुमा कांग्रेसको सम्पूर्ण प्यानल निर्वाचित भएको छ ।
लक्ष्मी भण्डारी, सुर्खेत