वन्गाड कुपिण्डे नगरपालिकामा एमाले निर्वाचित
सल्यानको वन्गाड कुपिण्डे नगरपालिकाको मेयरमा नेकपा एमालेका गोविन्दबहादुर पुन निर्वाचित भएका छन् ।
पुनले ५ हजार ५५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीले ४ हजार ९८४ मत ल्याएका छन् ।
उपमेयरमा भने माओवादी केन्द्रकी मन्जु ऐरी निर्वाचित भएकी छिन् । ऐरीले ४ हजार ८६२ मत प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपेन्द्र विष्टले ४ हजार ४५६ मत प्राप्त गरेका छन् ।