गैँडाकोट नगरपालिकामा एमाले निर्वाचित
नवलपरासीको गैँडाकोट नगरपालिकाको मेयरमा नेकपा एमालेका छत्रराज पौडेल निर्वाचित भएका छन् ।
पौडेलले ११ हजार ३०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गजेन्द्र आलेले ११ हजार ७८ मत ल्याएका छन् ।
उपमेयरमा भने कांग्रेसकी विष्णु कँडेल सापकोटा निर्वाचित भएकी छिन् । कँडेलले ११ हजार ५५५ मत प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी राधा पाण्डेले १० हजार ४५६ मत प्राप्त गरेकी छिन् ।
नवलपरासीमा अहिलेसम्म देवचुली, गैँडाकोट र मध्यबिन्दु नगरपालिका र बुलिङ्टार हुप्सेकोट, विनयी, त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा मतगणना सम्पन्न भइसकेको छ ।
प्रमुख पदमा गैँडाकोटबाहेक सबै तहमा कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
कावासोती नगरपालिकामा भने मत गणना जारी छ ।