सिभिल बैङ्कमा नयाँ नेतृत्व
सिभिल बैङ्क लिमिटेडको अध्यक्षमा अम्बीर बोगटी नियुक्ति भएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालबाट बैङ्कका नवनियूक्त अध्यक्षले सपथ लिएका हुन् ।
बोगटी बैङ्कको स्थापनाकालदेखि सञ्चालक रहेका थिए । त्यसैगरी सञ्चालकमा सृजना शाक्य तामाङ नियुक्ति भएकी छिन् ।
बोर्डको नयाँ नेतृत्वले बैङ्कको कार्यशैलीमा सुधार गर्दै शेयर होल्डरलाई बढीभन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।