संरक्षण क्षेत्रमै वन्यजन्तु असुरक्षित
कञ्चनजंघा संरक्षण क्षेत्रमा नेपाली सेनाले गरेको अप्रेसन ‘हिमाल दर्शन–२’ मा संरक्षित्र क्षेत्रभित्रै वन्यजन्तु मार्नका लागि धराप र पासो थापेको भेटिएको छ ।
२२ देखि २९ वैशाखसम्म ताप्लेजुङ स्थित नेपाली सेनाको रणभिम गुल्मले सञ्चालन गरेको अप्रेसनमा कञ्चनजंघा संरक्षण क्षेत्रमा भेटिएका २१ वटा पासो र धराप सेनाले हटाएको छ ।
साता लामो यो अप्रेशन सकिएपछि आयोजित पत्रकार सम्मेलनमा गुल्मका मेजर रबि केसीले संरक्षण क्षेत्रमै बन्यजन्तु असुरक्षित रहेको बताए ।
कञ्चनजंघा संरक्षण क्षेत्रमा फलामे तारको पासो थाप्नुका साथै ढुंगाको धराप बनाएर बन्यजन्तुको सिकार खेल्ने समूह सक्रिय रहेको पुष्टी भएको केसीले बताए ।
संरक्षण क्षेत्रका देउमा, मौवाटार, च्याने र तिगु ईलाकाका जंगलमा सेनाले अप्रेशन सञ्चालन गरेको थियो ।
यो कस्तुरी मृगको चरन क्षेत्र हो ।
वन्यजन्तुको चोरी सिकारी रोक्न देशका विभिन्न निकुञ्ज र संरक्षण क्षेत्रमा नेपाली सेना तैनाथ भए पनि भौगोलिक बिकटताका कारण ताप्लेजुङमा बर्षमा एक दुई पटक मात्रै स्थलगत अनुगमन हुने गरेको मेजर केसीले बताए ।
सेनाको टोलीले स्थानीयको सहयोग लिएर फक्ताङ्लुङ गाउँपालिका– ५ को ओलाङ्चुङगोला क्षेत्रमा सरसफाई र फोहोर व्यवस्थापन पनि गरेको छ ।
लक्ष्मी गौतम, पाँचथर