भरतपुर महानगरमा एमाले १७१३ मतले अगाडि
भरतपुर महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा एमालेका उमेदवार देवी ज्ञवाली १७१३ मतले अगाडि छन् ।
ज्ञवालीले ४४४६ मत प्राप्त गर्दा माओवादी केन्द्रबाट मेयरकी उमेदवार रेणु दाहालले २७३३ मत प्राप्त गरेकी छन् ।
त्यस्तै उपमेयरमा एमालेकी दिव्य शर्मा आचार्यले ३,७९४ र कांग्रेसकी पार्वती शाह ठकुरीले ३,३२१ मत प्राप्त गरेका छन् ।
महानगरमा १ र २ नम्बर वडाको मतगणना सम्पन्न भइसकेर अहिले ३ नम्बर वडाको गणना भइरहेको छ । यो परिणाम तीन नम्बर वडाको १२०० मत गणान गरिसक्दाको हो ।
१ नम्बर वडाको अध्यक्षमा कांग्रेसका जयराम श्रेष्ठ र २ नम्बरमा एमालेका पूर्णबहादुर श्रेष्ठ निर्वाचित भइसकेका छन् ।