पर्यटक पुग्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा नेपाल पहिलो
बेलायतबाट प्रकाशित हुने ‘रफ गाइड’ ले तयारी पारेको सन् २०१६ मा घुम्नै पर्ने उत्कृष्ट १० देशको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ ।
पर्यटन र यात्रा सुझाव प्रकाशन गर्ने बेलायती कम्पनी ‘रफ गाइड’ले सन् १९८२ देखि विश्वभरका पर्यटकका लागि ‘गाइड बुक’ बनाउँदै आएको छ ।
विनाशकारी भूकम्पपछि हजारौं नेपालीहरु घरबारविहिन रहेको र दैनिक जीवन सामान्य नभए पनि नेपालको पर्यटन उद्योग पुनः उदाएको भन्दै रफ गाइडले नेपालका ऐतिहासिक सम्पदाहरु विस्तारै पुनःनिर्माण हुन थालेको, ट्रेकिङ रुटहरु खोलिएको र नम्र नेपालीहरुले आफ्ना पाइला चाल्न शुरु गरेको उल्लेख गरेको छ ।
‘हिमालयदेखि बाघ, हात्ती र गैंडा रहने जंगलसम्मका विविधतापूर्ण दृष्य भएको नेपाल सन् २०१६ मा तपाइँ घुम्नका लागि पहिलो रोजाई बन्नुपर्छ,’ रफ गाइडले लेखेको छ ।
यो सूचीको दोस्रो स्थानमा कोलम्बिया, तेस्रोमा क्यूबा छन् भने जोर्डन अल्बानिया, रोमानिया, एल साल्भाडोर, वेल्स र केन्या क्रमशः नवौं स्थानसम्म छन् भने श्रीलंका दशौं स्थानमा परेको छ ।