जियोनिले ल्यायो नयाँ सेल्फी मास्टर–एससिक्सएस
भर्खरै बजारमा एफ–१०३प्रो ल्याएको जियोनिले आफ्नो सेल्फी मास्टर लाईनअपमा नयाँ जियोनि ‘एस सिक्स एस’ थपेको छ । यसमा १३ मेगापिक्सेलको सोनी आइएमएक्स २५८ रियर क्यामेरा र फ्रन्ट एलईडि फ्ल्यास र स्क्रिन फ्ल्यास सहितको फ्रन्ट क्यामेरा छ । क्यामेराले मधुरो प्रकाशमा पनि उज्यालो सेल्फी खिच्न सकिने कम्पनीको दाबी छ ।
मेटालिक युनिबडि रहेको ‘एस सिक्स एस’ मा गोरिल्ला ग्लास ३ ले सुरक्षित ५.५ इन्चको १०८० पी एफएच ड २.५ डी वाटर ड्रप डिस्प्ले छ । यस्तै यसमा १.३ गिगाहर्ज प्रोसेसर, ३ जिबि र्याम र ३२ जिबि इन्टरनल स्टोरेज छ जसलाई १२८ जिबिसम्म बढाउन मिल्ने कम्पनीले जनाएको छ ।
फिङ्गरप्रिन्ट स्क्यानर सहितको यो स्मार्टफोनमा डुअल सिम सेटमा ३१५० एमएएचको ब्याट्री छ भने एन्ड्रोइड ६.०.१ मा आधारित जियोनिको आफ्नै युआई अमिगो ३.२ छ । अमिगो ३.२ मा जियोनिले आफ्नै क्यामेरा सफ्टवेर इमेज प्लस (टाइम ल्याप्स, स्लो मोशन, टेक्स्ट रेकोग्निशन, र पिक नोट सुविधा रहेको) लगायत अन्य कुरामा थप सुधारहरु ल्याएको छ ।
जियोनिको आफ्नै भिडियो एडिटर पनि फोनमा उपलब्ध छ । स्प्लिट विन्डो सुविधाले गर्दा एकै पटक दुई ओटा एप एकै स्क्रिनमा प्रयोग गर्न सकिन्छ । मोका गोल्ड र लाट्टे गोल्ड गरी दुई रंगमा उपलब्ध यो फोनको मूल्य रु. २५ हजार ९९९ छ ।