तनहुँको देवघाटमा अध्यक्षमा एमाले निर्वाचित
तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्गाबहादुर थापा निर्वाचित भएका छन् ।
थापाले २ हजार ८७९ मत गरी अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्णबहादुर गुरुङले २ हजार ८१४ मत पाए ।
उपाध्यक्षमा भने कांग्रेसकी विमला थापा निर्वाचित भएकी छन् । उनले २ हजार ८६० मत ल्याइन् ।
थापाकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सावित्री न्यौपानेले २ हजार ८५९ मत प्राप्त गरिन् ।
यस्तै देवघाट गाउँपालिकाको वडा नं. १ मा एमालेका भीमबहादुर गुरुङ, २ मा कांग्रेसका पोलबहादुर आले, ३ मा कांग्रेसका कीर्तिमान आले, ४ मा कांग्रेसकै पदमबहादुर गुरुङ र ५ मा एमालेका विजय गुरुङ निर्वाचित भएका छन् ।