सल्यानको दार्मा गाउँपालिकामा माओवादी निर्वाचित
सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्रका उमेदवार अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
अध्यक्षमा माओवादीका निमबहादुर बस्नेत ३,६९४ प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र केसीले २,७७१ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा माओवादीकै टीका शर्मा ओली ३,६९५ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर केसीले २,६९१ मत प्राप्त गरे ।