जाजरकोटको शिवालयमा एमाले निर्वाचित
जाजरकोटको शिवालय गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
एमाले उम्मेदवार नरेन्द्र शाहीले २, ०७३ मत प्राप्त गरेर निर्वाचित भएका हुन भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका खडक विसीले १,८३३ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा एमालेकै कुमारी थापाले २, ०६३ मत ल्याएर निर्वाचित भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गीताकुमारी शाहीले १, ८१२ मत प्राप्त गरिन् ।
माओवादी केन्द्रका अध्यक्षका उम्मेदावार लालबहादुर थापाले १, २५० र उपाध्यक्ष लक्ष्मी केसीले १,१२७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शिवालयका ९ ओटा वडामध्ये चारमा एमाले , तीनमा कांग्रेस र दुई वडामा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।
राजेन्द्र कार्की, जाजरकोट