डोल्पाको ठूलीभेरी नगरपालिकामा एमाले निर्वाचित
डोल्पाको ठूलीभेरी नगरपालिकामा एमालेका गणेशबहादुर शाही निर्वाचित भएका छन् ।
एमालेबाट मेयरका उमेदवार शाहीले १४८३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुवर्ण बुढाले १३६२ मत प्राप्त गरे ।
उपमेयरमा राप्रपाका योगेन्द्रबहादुर शाही १३२३ मत प्राप्त गरी निर्वाचित भएका छन् भने माओवादीका उमेदवार लक्ष्मीचन्द्र कार्कीले ११८४ मत प्राप्त गरेका छन् ।
यहाँ कांग्रेस माओवादी र एमाले राप्रपाको तालमेल थियो ।