‘मतदाता शिक्षा अभावले धेरै मतदाता अन्योलमा’
स्थानीय तह निर्वाचनको पर्यवेक्षण गरेको संस्था स्कोप नेपालले पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै ठाउँमा मतदाता शिक्षाको अभावमा मतदाता ठूलो अन्योलमा परेको जनाएको छ ।
मतपत्रमा धेरै चुनाव चिन्ह रहनु तथा महिला, दलित र खुला दुई सदस्यका लागि मतदान गर्ने विधिलाई लिएर मतदाताहरुवीच ठूलो अन्योल देखिएको भन्दै उसले मतपत्र प्राप्त गरिसकेपछि पनि धेरै मतदाता अलमलिएको भेटिएको उल्लेख गरेको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी, तनहु“, मुस्ताङ, दैलेख, सुर्खेत लगायत जिल्लामा पर्यवेक्षण गरेको स्कोप नेपालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन पर्यवेक्षण प्रमुख केशबहादुर शाहीले मतदाता शिक्षाको अभावले धेरै मतदाता अन्योलमा परे पनि केही अप्रिय घटनाका बाबजुद निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनु चाहिँ सकारात्मक रहेको बताए ।