जिरीको एक/एक वडामा कांग्रेस र माओवादी निर्वाचित, बैतेश्वरमा एमालेको बहिस्कार
दोलखाको जिरी नगरपालिका वडा नम्बर १ मालीमा वडाअध्यक्ष सहित सम्पूर्ण पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
वडा अध्यक्षमा लाक्पा शेर्पा, महिला सदस्यमा लालमाया गुभाजु, दलित महिला सदस्यमा लिलामाया विक र खुला सदस्यमा भक्तबहादुर खड्का तथा सनफिन्जु शेर्पा विजयी भएका हुन् ।
त्यसैगरी वडा नम्बर २ मा वडा अध्यक्ष सहित सबै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत दीपेन्द्र काफ्लेले जानकारी दिए ।
उक्त वडाको अध्यक्षमा ङिमापाल्दे शेर्पा, महिला सदस्यमा शान्ति कार्की, दलित महिला सदस्यमा निर्मला बिक र खुल्ला सदस्यमा आङङिमा शेर्पा तथा पूर्णबहादुर खत्री विजयी भएका हुन् ।
जिरी नगरपालिकाको दुई वटा वडाको मतगणना अनुसार नगरप्रमुखमा माओवादी केन्द्रका गेल्बु शेर्पाले ५२१, नेपाली कांग्रेसका सोनाम शेर्पाले ४०२ र एमालेका टंक जिरेलले ३९० मत प्राप्त गरेका छन् ।
त्यसैगरी उप्रमुखमा माओवादी केन्द्रका चित्रमाया दहालको ५४२, एमालेका कृष्णमाया बुढाथोकीको ४०२ र नेपाली कांग्रेसका लिलादेवी जिरेलको ३८१ मतआएको निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए ।
बैतेश्वरमा एमालेको बहिस्कार
दोलखाको बैतेश्वर गाँउपालिकामा पनि मतगणना शुरु भएको छ । वडा नम्बर ८ क्षेत्रपाबाट शुरु भएको पछिल्लो मत परिणाम अनुसार प्रमुखमा नेपाली कांग्रेसका छवि लामाले ७४१ र एमालेका ऋषिकेस उप्रेतीले ३४५ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका रविचन्द्र आचार्यले ७२६ र उपप्रमुखमा एमालेकी शान्तिमाया पाख्रिनले ३२४ मत प्राप्त गरेकी छन् ।
बैतेश्वर गाँउपालिकामा कांग्रेस माओवादी केन्द्रले बुथ कब्जा गरेको भन्दै एमालेले मतगणना बहिष्कार गरेको छ ।
एमाले दोलखाले बैतेश्वर गाँउपालिकाको क्षेत्रपा, गैरीमुदी र नाम्दुमा पुनः मतदानको लागि मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेको जनाएको छ ।
सर्मिला बुढाथोकी, दोलखा