जाजरकोटः तीन वडामा माओवादी, दुई वडामा कांग्रेस विजयी
जाजरकोटको शिवालय गाउँपालिकाको दुई र बारेकोट गाउँपालिकाका एक वडामा माओवादी केन्द्र र कुसे गाउँपालिका दुई वडामा कांग्रेसका उम्मे
दवार पुरै प्यानल सहित विजयी भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले दिएको जानकारी अनुसार शिवालयको वडा नं १ बाट माओवादी केन्द्रका मानवहादुर पुन र २ बाट माओवादीकै प्रेम वस्नेतको पुरै प्यानलले विजयी भएको छ ।
त्यस्तै वारेकोट गाँउपालिक– ९ मा माओवादी केन्द्रका शशिराम गौतमको प्यानल विजयी भएको छ ।
कुसे गाउँपालिकाको वडा नं ८ मा नेपाली काँग्रेसका अमर रोकाय सहित पुरै प्यानल र वडानं ९ मा नेपाली कांग्रेसकी देविका सिंह पुरै प्यानलसहित वडा अध्यक्षमा विजयी भएकी छन् ।
छेडागाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा मतगणना शुुरु हुन वाँकी छ भने अन्य सवै गाउँपालिका र नगरपालिकामा गणना जारी छ ।
जिल्लामा ७ स्थानीय तह मध्य ३ नगरपालिका र ४ गाउँ पालिका छन् ।
राजेन्द्र कार्की, दैलेख