नुवाकोटको तादी- १ मा कांग्रेसको प्यानल विजयी
नुवाकोट, तादी गाउँपालिकाको १ नम्बर वडामा वडा अध्यक्षसहितको सम्पूर्ण प्यानलमा नेपाल कांग्रेस विजयी भएको छ ।
कांग्रेसका नकुल दोङ तामाङ ८०४ मत सहित वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द थापाले ५५६ र माओवादी केन्द्रका अर्जुन तामाङले २५७ मत प्राप्त गरेका छन् ।
यो वडाबाट गाउपालिका अध्यक्षमा कांग्रेसका नारायणप्रसाद पाण्डेलाई ६८६, एमालेका केपी लामिछानेलाई ५३५ र माओवादी केन्द्रका मानसिंह लामालाई ३८० मत प्राप्त भएको छ ।