पर्सामा मधेशकेन्द्रित दलहरुको विरोध प्रदर्शन
स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक समपन्न भएलगत्तै मधेशकेन्द्रित दलहरुले संविधान संशोधनको माग राख्दै विरोधको कार्यक्रमहरु थालेका छन् ।
३१ वैशाखमा सम्पन्न निर्वाचनको मत परिणाम आउँदै गरेका बेला पर्साको ५ वटै निर्वाचन क्षेत्रमा संविधान संशोधनको माग गर्दै विरोध प्रदर्शन भएको छ ।
राजपा नेपालका नेता कार्यकर्ताहरुले वीरगञ्जमा मोटरसाईकल र्याली गरेका छन् ।
सरकारले दोस्रो तहको निर्वाचन जेष्ठ ३१ गते तोकेको छ । यसैबेला राजपा नेपालका नेताहरुले संविधान संशोधनविना बाँकी प्रदेशमा निर्वाचन हुन नदिने बताईरहेका छन् ।
जियालाल साह, पर्सा