कला/साहित्यसोमवार, जेठ १, २०७४

न्यूयोर्कमा चलचित्र मैरिमोको प्रिमियम

हिमालखबर

गुरुङ भाषा र संस्कृतिमा बनेको चलचित्र मैंरिमोको न्यूयोर्कमा प्रिमियम प्रदर्शनी गरिएको छ ।

अमेरिकाको न्यूयोर्क स्थित उडसाईडमा रहेको गुल्सन टेरेसमा गत आईतबार चलचित्रको प्रिमियर प्रदर्शनी गरिएको थियो ।

न्यूयोर्क प्रिमियर पश्चात् नेपाल लगायत अन्य बिभिन्न देशमा प्रदर्शन गरिने निर्माता गुरुङले बताएका छन् ।

बैदेशिक रोजगारी र त्यसबाट उत्पन्न परिस्थितिको सेरोफेरोमा बनेको चलचित्र मैरिमो लगभग दुई घन्टाको छ । गुरुङ भाषामा मैरिमोको अर्थ बिर्सिन नसक्नु हुन्छ ।

केयर सिंह गुरुङको कथा, रोशन गुरुङको पटकथा र संवाद रहेको चलचित्र मैंरिमोलाई निर्देशन भोज बहादुर गुरुङले गरेका छन् ।

चलचित्रको मुख्य भूमिकामा सपना गुरुङले निर्वाह गरेकी छिन् । प्रेम गुरुङ, गमन घले, सुनु गुरुङ लगायत अन्य कलाकारहरुको अभिनय पनि यसमा हेर्न पाईन्छ ।

लमजुङ जिल्लाको मालिङ गाविस स्थित शैलुङ गाउँमा अधिकांश दृश्याङ्कन गरिएको चलचित्रको छायांकन र सम्पादन खिम बहादुर गुरुङले गरेका छन् । 

प्रेम गुरुङ र सपना गुरुङ निर्माता रहेका चलचित्रमा बालकशी गुरुङले कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेका छन् ।

दुईवटा गीतहरु प्रेम गुरुङले लेखेका छन् भने आश गुरुङ र अमीर गुरुङ रचित एक एक वटा गीत गरी जम्मा चारवटा गीतहरु राखिएका छन् । नेत्र गुरुङले नृत्य निर्देशन गरेको मैंरिमोमा तेजेन्द्र गुरुङले संगीत भरेका छन् ।

दर्शकहरुको अनुरोधमा चलचित्रको थप केहि प्रर्दशनी यही हप्ता राखिएको निर्माता प्रेम गुरुङले जानकारी दिए ।

चलचित्रको प्रदर्शनीबाट संकलित रकम मध्येबाट चलचित्रका नायक एवं निर्माता प्रेम गुरुङले १ लाख रुपैयाँ नेपालका युवा बैज्ञानिक/प्राविधिक राजन गुरुङलाई सहयोग गरेका छन् ।
ङिमा पाख्रिन, न्यूयोर्क

 

 

प्रतिकृया दिनुहोस