सप्तरी: नापी कार्यालयमा बम विस्फोट
सप्तरीको कञ्चनपुरस्थित नापी शाखा कार्यालयमा आज दिउँसो प्रेसरकुकर बम विस्फोट भएको छ ।
विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवारीसाधनमा क्षति पुगेको छ । अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले घटनाको जिम्मेवारी लिएको छ ।
मोर्चाका संयोजक जयकृष्ण गोइतले ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराइएको विज्ञप्ति मार्फत जनाएको छ । मोर्चाले हिजो पनि सिरहाको यातायात व्यवसायी कार्यालयमा बम विस्फोट गराएको दाबी गरेको छ ।
रासस