नवलपरासीमा एमाले उम्मेदवारमाथि आक्रमण
नवलपरासीको बुलिङ्गटार गाउँपालिकाका नेकपा एमाले उम्मेदवार विद्रोही गिरीमाथि आक्रमण भएको छ । २८ बैशाख साँझ बुलिङ्गटार–३ सिंहवामा चुनावीसभा सम्पन्न गरेर फर्कदै गर्दा कांग्रेसका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको गाउँपालिका अध्यक्षका उम्मेदवार गिरीले बताए ।
कांग्रेस कार्यकर्ताले प्रहार गरेको ढुँगा लागेर उनी सामान्य घाइते भएका छन् । असुरक्षाका कारण आफू घर समेत जान नसकेको उनको भनाई छ । सुरक्षाका लागि वुलिङ्गटारस्थित प्रहरी चौकी बसीरहेका उनी आफ्नो घरमा आगजनी गर्ने धम्की समेत आएको बताउँछन् ।