सिन्धुपाल्चोकमा बस दुर्घटना, दुईको मृत्यु ३५ घाइते
काठमाडौँबाट दोलखातर्फ गइरहेको बा ३ ख ५०५६ नंको यात्रु बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाअन्तर्गत खाडीचौरको तीनकिलोमा बस दुर्घटना भएको हो ।
दुर्घटनामा दोलखा जिल्ला लामीडाँडा–४ निवासी ७० वर्षीय मुक्तिनाथ घिमिरे र ६५ वर्षीया रत्नकुमारी घिमिरेको घटनास्थलमा मृत्यु भएको जिप्रका, सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
घाइतेको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते नौजनालाई थप उपचारको लागि राजधानी पठाइएको छ । रासस