आजदेखि १ जेठसम्म रसुवागढी नाका बन्द
स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै आजराति १२ बजेबाट रसुवा जिल्लाको उत्तरी नाका रसुवागढी बन्द हुने भएको छ ।
आज नेपाली सुरक्षा अधिकारी र केरुङका सुरक्षा प्रमुखबीच भएको छलफलपछि स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी आगामी १ जेठसम्मका लागि नाका बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र न्यौपानेले जानकारी दिए । रासस